
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिष्पर्धा भइरहेको र गर्भनरलाई कारवाही गर्नु भनेको ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ जस्तै हो भन्दै अर्थमन्त्री जर्नादन शर्माप्रति व्यङ्ग गरेका छन् ।
आज शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने–‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे गर्भनर महाप्रसाद अधिकारीलाई निस्काशन, निलम्बन गरियो । यो दुःखद घटना हो ।’
माओवादी भनेर चिनिएको मान्छेलाई पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको बताएका छन् । ‘माओवादीले नियुक्त गरेको, माओवादी भनेर चिनिएको न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन बनाइयो ।’ उनले भने,‘अहिले हामीलाई थाहा छ न्यायालय कस्तो छ भनेर ? म धेरै भन्न चाहन्न ।’
अर्थ मन्त्रालयले गभर्नरलाई हटाउने प्रक्रियाअन्तर्गत सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य छन् ।
अध्यक्ष ओलीले देशमा नातावादको बहस चलिरहेको समयमा पुष्पकमल दाहालका भाई नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सभा सदस्यमा नियुक्त गरिएको बताए । शरिरमा गोली बोकेर हिँडिरहेका, आन्दोलनमा घाइते, अपाङ्ग भएका, शहिद परिवार छन् तर उनीहरुलाई छाडेर आफ्नै भाइलाई प्रचण्डले राष्ट्रिय सभा सदस्य बनाएको ओलीको भनाई छ । क्रान्तिकारी हुँ भनेपनि देश बनाउने कुरा उनीहरुसँग नभएको ओलीले बताए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई