
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २२ चैत । एक निजी कम्पनीले घरको आँगन र वस्तीमा झुक्याएर विना अध्ययन, सहमति र मापदण्ड विपरित हाइटेन्सन प्रसारण लाइन विस्तारका लागि बिजुलीको खम्बा गाड्दै तार विस्तार गरेपछि पोखरा वडा नं. ३० र ३१ का जनताहरु आक्रोशित भएका छन् ।
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं.६ स्थित निजी कम्पनी नेपाल सोलार फार्म प्रा.लि. अन्र्तगतको सोम राधाकृष्ण सोलार फार्म (सोलार प्लान्ट)ले शक्ति र पहुँचका आधारमा सोलार कम्पनीका सञ्चालकहरुले प्रहरी प्रशासनको दुरुपयोग गर्दै स्थानीयलाई धाकधम्की देखाएर बिजुलीको खम्बा गाड्ने र तार बिस्तार गर्ने काम गरेका थिए । एकदमै जोखिमपूर्ण ढंगले मापदण्ड विपरित, मानववस्तीको नजिक, घरको भित्तैमा ४.४ मेघावट विद्युतको हाइटेन्सन लाइन जडान गर्ने काम नरोकिए पछि स्थानीयहरुले अदालतको शरण लिन पुगेका हुन् ।
पोखरा वडा नं. ३१ का सुनिता न्यौपाने, चित्रबहादुर गुरुङ, वडा नं. ३० का तारादेवी गुरुङ लगायतले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की, सोम राधाकृष्ण सोलार फार्म आयोजना रुपा गाउँपालिका वडा नं. ६, नेपाल सोलार प्रा.लि. ज्ञानोदय मार्ग, बाफल काठाडौं, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय कास्की लगायतलाई विपक्षी बनाएर पीडित स्थानीयले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
उच्च अदालत पोखराले स्थलगत अवलोकन गरी प्रतिवेदन बुझाउन न्यायाधीश डिल्लीराज आचार्यको इजलासले अधिकृतस्तरका कर्मचारीको संयोजकत्वमा सर्भेक्षक वा अमिन १ जना र नायव सुब्बास्तरको १ जना कर्मचारी खटाई चैतको २५ गते भित्र प्रतिवेदन बुझाउन आदेश दिएको छ ।
उक्त सोलार विद्युत आयोजनाको प्रसारण लाइन विस्तार सम्बन्धमा गण्डकी प्रदेश सरकारको सचिवस्तरीय अध्ययन समितिले सर्वोत्तम विकल्पको रुपमा जंगल तथा वस्तीहरुलाई असर नपर्ने गरी लैजान सुझाव समेत दिएकोमा कम्पनीले प्रचलित मापदण्ड विपरित वस्तीलाई नै असर पर्ने गरी लाईन विस्तार गरेको छ ।

निजी कम्पनीले घर कैं छेवैमा गाडेको बिजुलीको खम्बा देखाउँदै स्थानीय ।
सोलार प्लान्टबाट उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनबाट १५ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको लेखनाथ सव स्टेशन मार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि सो आयोजनाबाट प्रभावित हुने क्षेत्रहरुको वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय विद्युत विकास विभागबाट वातावरणीय प्रभावको अध्ययन गर्नुपर्ने शर्तमा अनुमति प्राप्त गरेपनि कम्पनीले परियोजनाको मूल संरचनास्थलको मात्र वातावरणीय प्रभाव विश्लेषण गरेको छ । जब कि त्यो लाइन विस्तारका क्रममा पर्ने मार्गमा रहेका वस्तीको कुनै पनि अध्ययन गरिएको छैन ।
उक्त निजी कम्पनीले मापदण्ड विपरित मानव वस्तीबाट हाइटेन्सन प्रसारण लाईन लैजानका लागि बिजुलीका खम्बा र तार तान्ने काम गरेपछि त्यसको विरोध गर्दै स्थानीयले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी, जलश्रोत सिंचाई विकास डिभिजन कार्यालय कास्की, पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी समेत गराएका थिए । तर जनताले गरेको गुनासो सम्बन्धित निकायहरुबाट कुनै सम्बोधन नै नगरी सोलार फार्मका इन्जिनियरहरुले प्रहरी प्रशासनको आडमा जबरजस्ती पोल गाड्ने र तार बिछ्याउने काम गरेको स्थानीयले बताए ।
घरमैं जोडेर, खेत र सिंचाईको नहरको आडैमा माटोको खाल्डोमात्र खनेर गाडिएको यस्ता पोलहरु पल्टिँदा एक स्थानीय घाईते भएका थिए । बिजुलीको तारसहितको खम्बाले लाग्दा ती व्यक्तिको मानसिक अवस्थामा समेत गम्भिर असर पुर्याएको उनका परिवारजनले बताएका छन् । सोलार कम्पनीले अटेरी गर्दै प्रहरी प्रशासनको आडमा स्थानीयमाथि चरम थिचोमिचो गर्दा समेत जनप्रतिनिधिहरु कोही चुईक्क समेत नबोलेकोमा स्थानीयहरुले गुनासो गरेका छन् ।

बिजुलीको पोल डढेर घाईते श्रीमानका विषयमा जानकारी गराउँदै श्रीमती : घरमैं जोडेर, खेत र सिंचाईको नहरको आडैमा माटोको खाल्डोमात्र खनेर लापरवाहीपूर्ण ढंगले गाडिएको बिजुलीको पोल ढल्दा साईकलमा आईरहेका उनी घाईते भएका थिए । बिजुलीको तारसहितको खम्बाले लाग्दा उनलाई मानसिक अवस्थामा समेत गम्भिर असर पुर्याएको उनका परिवारजनले बताएका छन् । तस्विरहरु: राजेन्द्र अधिकारी/डन न्यूज

अदालतबाट खटिएका कर्मचारीहरुलाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउँदै स्थानीय ।

पोखरा वडा नं. ३० र ३१ का पीडित जनताहरु अदालतबाट खटिएका कर्मचारीहरुलाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउँदै ।


मानवबस्तीको बिचमा दोहोरो हाइटेन्सन लाइन

निजी सोलार कम्पनीले लापरवाहीपूर्ण गाडेका फलामका खम्बाहरु र त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउँदै स्थानीय

निजी सोलार कम्पनीले लापरवाहीपूर्ण गाडेका फलामका खम्बाहरु र त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउँदै स्थानीय
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए