News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

६ एसपीको काज सरुवा, गण्डकी सशस्त्र प्रहरी गणमा यादव

काठमाडौं, १५ चैत । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपीको काजमा सरुवा गरेको हो ।

गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादव, मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारी र रानीपोखरीमा जनार्दन जिसीलाई पठाइएको छ ।