News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस भित्र किचलो, स्थानीय तहमा होइन प्रदेश र संघीय चुनावमा तालमेल गर्न माग

पार्टीभित्रै असन्तुष्टि बोकेर चुनावी गठबन्धनमा गए त्यसले दुर्घटना निम्त्याउने कोइरालाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई तीन तहकैं चुनावमा लैजान दृढ देखिए पनि पार्टी भित्रै गठबन्धनका विषयलाई लिएर किचलो चलिरहेको छ । स्थानीय तहमा गठबन्धन नगर्ने र प्रदेश र संघमा गठबन्धन गर्ने बिच कांग्रेसमा विवाद चर्किरहेको छ ।

कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला पक्षधर भने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा अडिग देखिन्छ । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा आज पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव राखेका थिए ।

नेता कोइरालाले स्थानीय निर्वाचन सकिएपछि प्रदेश र संघमा गठबन्धन गर्ने/नगर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका छन् । उनले पार्टीभित्रै असन्तुष्टि बोकेर चुनावी गठबन्धनमा गए त्यसले दुर्घटना निम्त्याउने चेतावनीसमेत दिएका थिए ।

‘पार्टीभित्रै एक मत हुन नसकेको अवस्थामा स्थानीय तह निर्वाचनमा तालमेलपट्टि नलागौँ,’ नेता कोइरालाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘स्थानीय चुनाव सकिएपछि प्रदेश र केन्द्रमा गठबन्धन गर्ने नगर्ने विषयमा सल्लाह गरौँला ।’