
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
”गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् । स्थानीय तह निर्वाचनमा पौने दुई करोड मतदाता, सबैभन्दा धेरै काठमाडौं महानगरमा ३ लाख, कम मनाङको नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ जना’
काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार यसपटक ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले भाग लिदैंछन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता भएकोमा पछिल्लो पाँच वर्षमा ३५ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका हुन् । माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै आयोगले नामावली संकलन कार्य स्थगित गरेको थियो । माघ २४ गतेसम्म सूचीकृत भएका नागरिकहरुले यसपटकको स्थानीय तह निर्वाचनमा भाग लिन पाउने छन् ।
निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २४ गतेसम्म संकलन भएका नामावलीलाई वडा तहसम्म छानबिन गरी आयोगले अन्तिम नामावली आइतबार सार्वजनिक गरेको हो । जसमा मतदातामा पुरुषको संख्या बढि देखिएको छ । मुलुकमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भए पनि मतदातामा भने पुरुषको संख्या बढी देखिएको हो । आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता १ सय ८३ जना छन् ।
पाँच वर्षयता यो समुदायका ३९ जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पुरुष मतदाता महिलाभन्दा ८६ हजार २६ जना धेरै थिए । ‘जनसंख्यामा जस्तै मतदातामा पनि महिला बढी हुनुपर्ने हो तर कम देखिएका छन्,’ आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘महिलाले घर व्यवहार सम्हाल्नुपर्ने र केहीको नागरिकता नभएकाले फोटोसहितको मतदाता परिचयपत्र बनाउन समस्या भएको हुन सक्छ ।’
मतदाता सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ जना रहेको आयोगले जनाएको छ । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना छन् । स्थानीय तहअनुसार काठमाडौं महानगरमा सबैभन्दा बढी ३ लाख २ सय ४२ मतदाता छन् । पोखरामा २ लाख ७ हजार, भरतपुरमा १ लाख ८५ हजार मतदाता छन् । सबैभन्दा कम मनाङको नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ जना मतदाता छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनयता साढे ३६ लाख मतदाता बढेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘नागरिकता बनाउनेबित्तिकै जिल्ला प्रशासन र इलाका प्रशासनमा मतदाता नामावली दर्ता गराउनुपर्ने व्यवस्थाले मतदाता बढाउन सहयोग ग¥यो, १८ वर्ष पुगेकालाई निर्वाचनको अघिल्लो दिनसम्म पनि मतदातामा सहभागी गराउँदा संख्या बढेको छ,’ उनले भने ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आयोगले मंसिर १७ देखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो । यस्तै आयोगले माघ २५ देखि मतदाता नामावली संकलन रोकेर विवरण अद्यावधिक गर्न सुरु गरेको थियो ।
कुल मतदाता पुरुष बढी भए पनि वाग्मती, गण्डकी र सुदूरपश्चिममा भने महिला मतदाता बढी छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा छन् । आयोगका अनुसार वाग्मतीमा ३४ लाख १२ हजार ८ सय ६९ जना छन् । यसमध्ये पुरुष १७ लाख ४ हजार ८ सय ९८ र महिला १७ लाख ७ हजार ९ सय ४२ जना छन् ।
प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेकामा पुरुष १६ लाख ९९ हजार र महिला १६ लाख ४७ हजार छन् । मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० मतदातामध्ये १७ लाख ९७ हजार ९ सय ४५ पुरुष मतदाता छन् । गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् ।
लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाता रहेको आयोगले जनाएको छ । सुदूरपश्चिममा १६ लाख ३२ हजार १ सय ५० मतदातामध्ये ८ लाख ६ सय ६२ पुरुष र ८ लाख ३१ हजार ४ सय ७० महिला मतदाता छन् ।
निर्वाचन आयोगका अनुसार १ सय ८३ जना यौनिक तथा अल्पसंख्यक समूहका मतदाता रहेकामा मधेस प्रदेशमा सबैभन्दा बढी ६७ जना छन् । सबैभन्दा कम कर्णालीमा ३ जना छन् । प्रदेश १ मा २३, वाग्मतीमा २९, गण्डकीमा ११, लुम्बिनीमा ३२ र सुदूरपश्चिममा १८ जना यौनिक तथा अल्पसंख्यक समूहका मतदाता छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई