काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चुनावी गठबन्धनको विरोध गरिरहेका नेताहरुलाई कडा जवाफ दिदैं जितेर देखाउन चुनौती दिएका छन् ।
पार्टी कार्यालय सानेपामा आज शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री देउवाले भने–‘मलाई देशभरीको सूचना छ । गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल गर्नुहोस् ।’
बैठकमा अधिकांश सदस्यले गठबन्धनबारे मिश्रित धारणा राखेका थिए । गठबन्धनका विषयमा विरोधमा धारणा राख्ने नेताहरुलाई प्रधानमन्त्री देउवाले आक्रोश व्यक्त गर्दै नकारात्मक टिकाटिप्पणी र अभिव्यक्ति नदिन समेत चेतावनी दिए ।