
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले भने पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् । सल्लाहकार समितिका तीनजनाले पनि निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । सल्लाहकार समितिमा असारे काका, चित्रबहादुर आले, दीर्घ पाण्डे, शंकर खड्का र हेम खतिवडा निर्वाचनमा जान नहुने पक्षमा छन् ।
काठमाडौं, ११ चैत । स्थानीय तहको निर्वाचन लड्नुपर्ने पार्टी नीति बनाउन चाहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव अप्ठ्यारोमा परेका छन् । केन्द्रीय समिति बैठकमा विप्लवले पेस गरेको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्य विभाजित देखिएका छन् । यथास्थितिमा चुनावमा भाग लिन नहुने बहुमत सदस्यको मत छ ।
शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा जारी बैठकमा बिहीबार राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएको सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले जानकारी दिए । ‘बैठकमा उठेका विषयबारे महासचिवले शुक्रबार आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ । त्यसपछि पुनः सचिवालय बस्नेछ,’ उनले भने । विप्लवले स्थानीय निर्वाचनलाई उपयोग गर्ने, अमेरिकी सहयोग परियोजना एसिसी र पार्टीको महाधिवेशनलाई समेटेर प्रस्ताव पेस गरेका थिए । एमसिसीको विरोधमा देशव्यापी मोर्चा बनाएर जानुपर्ने धारणा धेरैको छ । महाधिवेशन छिटो गर्नुपर्नेमा उनीहरूको जोड छ ।
बैठकमा ६८ जना केन्द्रीय सदस्यसहित, चारजना सचिवालय सदस्य र चारजना सल्लाहकारले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् । सचिवालयका सदस्यहरूले बैठकको सुरुवातमै आफ्नो धारणा राखेका थिए । सचिवालयका खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरले निर्वाचनमा सहभागी हुनुपर्ने विप्लवको प्रस्तावमा समर्थन जनाएका छन् भने हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोल बहिष्कारको लाइनमा छन् । ६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले भने पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् ।
सल्लाहकार समितिका तीनजनाले पनि निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । सल्लाहकार समितिमा असारे काका, चित्रबहादुर आले, दीर्घ पाण्डे, शंकर खड्का र हेम खतिवडा निर्वाचनमा जान नहुने पक्षमा छन् । बैठकमा केन्द्रीय सदस्य वसन्त श्रेष्ठले चुनावमा सहभागी भएर क्रान्तिको झन्डा बोकिरहने ग्यारेन्टी के छ भन्दै प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए । उनलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘निर्वाचनलाई उपयोग गर्ने भन्दै चुनावमा गएका पार्टीहरू त्यहीँ भुलेका छन् । हामी त्यहाँबाट उम्किएर फर्किन्छौँ भन्ने ग्यारेन्टी के छ ?’ बैठकमा नेतृत्व केन्द्रीकरणको विषयमा समेत प्रश्न उठेको छ । बैठकमा धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले केन्द्रीकरण गर्दा पार्टीमा जनवादको गलत अभ्यास हुन लागेको भन्दै प्रश्न गरेका थिए । -नयाँ पत्रिका
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो