
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, १० चैत । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्ष चुनिएको ४ महिनापछि मात्र बल्ल पदाधिकारीको टुङ्गो लागेको छ । गुटगत राजनीतिले आक्रान्त माओवादी केन्द्रमा पोखरा महानगर कमिटीको अझै लफडा कायमै छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिग्दारी र आक्रोश पोखेपछि माओवादीले हिजो बुधबार राति निर्वाचनमार्फत गण्डकी कमिटीको पदाधिकारी टुंगो लगाएको हो । ८ पदाधिकारीका लागि १८ जनाको उम्मेदवारी परेपछि मतदान भएको थियो ।
मतदान पश्चात् उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भए । सचिवमा जगन्नाथ खनाल (गोरखा) र सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने (तनहुँ),मेख बहादुर भण्डारी (लम्जुङ), टेकबहादुर बिक (म्याग्दी) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा तारा भुषाल (स्याङजा) निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशमा माओवादी कार्यकर्तामा देखिएको गुटबन्दी, अराजकता र खुट्टा तानातानको स्थितिलाई देखेर अध्यक्ष प्रचण्डले चिन्ता जाहेर गरेपछि बल्ल गण्डकी कमिटीको पदाधिकारीको टुङ्गो लागेको हो । नजिकिदैं गरेको चुनावलाई मध्यनजर गर्दै आइतबार प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा आएका अध्यक्ष प्रचण्डले भनेका थिए–‘गुटबन्दी, अराजकता, तछाडमछाडले गण्डकी प्रदेशले खडा गरेका कृतिमानहरु विघटित, विस्थापित र आतंकजस्तो बन्न पुगेको देख्दा ठूलो चिन्ता लागेको छ । अरु प्रदेशमा ऊर्जाका साथ प्रशिक्षण गरेको, तर गण्डकी प्रदेशमा आउँदा चिन्ता, गम्भीरता महसुस भएको छ ।’
‘यहाँ पार्टीभित्र भएको झमेला, गुटबन्दी, खुट्टा तानातान, मारामार छ,’ अध्यक्ष प्रचण्डको आक्रोश थियो, ‘पोखरा महानगरपालिकामा त एउटा गुटले अर्को गुटलाई हराउन के–के गर्न सकिन्छ सबै गर्न थाल्नु भएछ ।’ स्थानीय तहको चुनावमा आक्रामक ढंगले पार्टीलाई लैजानुपर्नेमा नेताहरु आफ्नै पार्टीभित्र गुटगत दलदलमा फसेकोमा प्रचण्डले दिग्दारी पोखेका थिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई