News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘गठबन्धन कायम राख्न काँग्रेस प्रतिबद्ध’ : गृहमन्त्री खाँण

रुपन्देही, ३ चैत । सत्तारुढ गठबन्धनमा खटपट शुरु भएसँगै गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन कायम रहने बताएका छन् । गृहमन्त्री खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने र गठबन्धन नटुट्नेमा जोड दिए ।

विवादित एमसीसीका विषयमा बोल्दै उनले भने–‘एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने विजुली जनताको घर घरसम्म पु¥याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारेका हौं । मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पु¥याउनेमा विश्वस्त छौं ।’