
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उदेश्य अघि सारेको छ ।
काठमाडौं, २३ फागुन । नेपाली काँग्रेसले चुनाव केन्द्रित एक महिने अभियान देशभरी नै सञ्चालन गर्ने भएको छ । फागुन २९ देखि चैत २९ गतेसम्म ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने नाराका साथ काँग्रेसले अभियान सञ्चालन गर्न लागेको हो ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय नेताहरुलाई प्रशिक्षण दिदैं अभियान शुरु हुनुभन्दा २ अगाडि खटाईएको जिल्लामा पुग्न निर्देशन समेत दिईसकेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति एवं प्रधानमन्त्री देउवाले अभियानबारे प्रशिक्षण दिदै अभियान सुरु हुनुअघि र सुरु भएपछि पनि वडा तहका कार्यक्रमलाई प्रभावकारी बनाउन सवै स्थानीय तहमा एकपटक अनिवार्य पुग्न र सातै प्रदेश कमिटीलाई कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
अभियान अन्र्तगत काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उदेश्य अघि सारेको छ । त्यसैगरी स्थानीय तह निर्वाचनमा सवै वडा र टोलसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्दै काँग्रेस उम्मेदवारलाई विजयी गराउन अपील गर्ने रहेको छ ।
काँग्रेसले जनतासमक्ष जाँदा नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरुलाई निर्देशन
काँग्रेसले तेस्रो उद्देश्यमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति अनुसार पार्टीलाई परिचालन गर्ने, काँग्रेस नेतृत्वले विगतमा गरेका राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने रहेका छन् । काँग्रेसले जनतासमक्ष जाँदा नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको कुरा जनतामा बुझाउने भएको छ । साथै निर्वाचनसम्म पुग्दा प्राय सवैलाई खोप लगाइसक्ने योजना रहेको र जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपील गर्न निर्देशन दिएको छ ।
त्यसक्रममा काँग्रेसले करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर एमसीसी संसदबाट पारित भएको भन्दै त्यसबारे जनस्तरमा छरिएका भ्रमबारे प्रष्ट पार्न पनि अभियानमा संलग्न नेताहरुलाई निर्देशन दिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव