News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज, गण्डकीमा हितराज पाण्डे

गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डे

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ । आज सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो । बैठक गण्डकी प्रदेशको इञ्चार्जमा हितराज पाण्डेलाई जिम्मेवारी सुम्पेको छ ।

त्यसैगरी, माओवादी केन्द्रको प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ ।

यस्तै, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो । बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ ।