News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘संसद् भंग गरेर निर्वाचनमा जाऔं’ : अध्यक्ष माधव नेपाल

'एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने'

काठमाडौँ, २२ फागुन । प्रतिपक्ष दल नेकपा एमालेले महिनौंदेखि संसद अवरुद्ध पार्दै आएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । अध्यक्ष नेपालले संसद् भंग गरेर तीनै तहको निर्वाचनमा जान जोड दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने-‘संसद्‌मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने । त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’