News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘चुनावपछिको सरकार नेपाली कांग्रेसको’ : महामन्त्री थापा

'तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो'

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । ‘अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ अनि सरकार चलाउँछ,’ महामन्त्री थापाले भने, ‘यसअघि पनि कांग्रेसले चाहेर सत्तामा आएको हैन, नेकपाले नसकेपछि बाध्य बनेको हो ।’

नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै नेता थापाले भने,‘अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ र सरकारको नेतृत्व पनि गर्नेछ । अब सरकारमा कांग्रेसको विकल्प छैन ।’

‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ नेता थापाले भने, ‘विधि र थितिका लागि सरकारको जिम्मेवारी लिएका हौं ।’ उनले नेकपाले कांग्रेस सभापतिलाई सम्हालिदिनुपर्यो भनेर तत्कालीन नेकपाका शीर्ष नेताले भनेपछि सत्ता हातमा लिएको दाबी गरे ।