News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रुसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम घोषणा

मस्को, २१ फागुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविराम घोषणा गरिएको जनाएको हो ।

ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्धविराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । रक्षा मन्त्रालयले युद्धविराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ ।

“आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्धविराम लागु हुनेछ । ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ । मानवीय क्षति कम होस् भन्ने उद्देश्यले अस्थायी युद्धविराम गरिएको हो,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

रुसी सेनाले गएको फेब्रुअरी २४ देखि युक्रेनमा कारबाही सुरु गरेको हो । अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ भने विश्वभरबाट रुसको आलोचना भएको छ ।

मारीओपोल सहरका मेयर भादिम बोयचेन्कोले रुसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको भन्दै अपिल गरेपछि रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो । रासस/एएफपी