News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको संयोजकमा विजयराज

पोखरा, १९ फागुन । गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट कास्कीको संयोजकमा युवा नेता विजयराज आचार्य मनोनित भएका छन् । संस्थाको नियमावली–२०६७ को परिच्छेद ३ ‘ग’ अनुसार आचार्यलाई मनोनित गरिएको हो ।

नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का पूर्व सभापति एवं महाधिवेशन प्रतिनिधि नेता आचार्य कुशल नेतृत्वकर्ताका रुपमा विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्दै आईरहेका छन् । नेपाली कांग्रेस तथा नेता गिरिजाप्रसाद कोइरालाको नीति तथा विचारलाई जनस्तरमा पुर्‍याउन र समाज रुपान्तरणमा यस फाउन्डेसनले काम गर्नेछ ।