काठमाडौं, १५ फागुन । संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको छ।
यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए।
छलफलमा सबैजसो पार्टीका सांसद्हरूले भाग लिएका थिए। सदन अवरोध गरिरहेको नेकपा एमालेका सांसद् भीम रावलले समेत आफ्नो धारणा राखेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले आजै एमसिसी पारित गराउने गरि आजै दोस्रो बैठक राखेका हुन्।