
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
काठमाडौं, १३ फागुन। सत्तारुढ नेकपा ९माओवादी केन्द्र० र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् ।
एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेस गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।
‘अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो’ माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’
माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ । ‘गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने भनेको मतदानमा सहभागी नहुने भनिएको हो । अब माओवादी र एकीकृत समाजवादीले एमसीसीको विरुद्धमा भाषण गरेर बहिष्कार गर्ने छन्’ एक नेता भन्छन्, ‘कांग्रेस, जसपा र लोसपाले पक्षमा मतदान गर्नेछन्, एमालेले वेल घेर्छ, त्यसो हुँदा एमसीसी पास हुन्छ, गठबन्धन जोगिन्छ ।’
शुक्रबार नै कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्नि सापकोटालाई भेटेर एमसीसी अनुमोदनको संसदीय प्रक्रियाबारे सरकारको धारणा जानकारी गराएका छन् । सैद्धान्तिक छलफलमै मत विभाजन गराउने संसदीय प्रक्रिया नभएको भन्दै उनले सभामुखको धारणा मागेका थिए ।
जवाफमा सापकोटाले यसबारे आफ्नो कुनै धारणा नभएको र सबै विषय आपसी छलफल र सहमतिकै आधारमा अघि बढिरहेको जानकारी गराएका थिए । लगत्तै प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि मन्त्री बडु र सभामुख सापकोटाबीचको संवादमा ध्वनी मतका आधारमा एमसीसी अनुमोदन गर्दा गठबन्धन जोगिन सक्ने भएकाले सहयोग गर्न सभामुखलाई आग्रह गरेका थिए ।
बिहीबार कांग्रेससँग दुई चरण र माओवादी केन्द्रसँग भएको छलफलमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदको पद खारेजीलाई पूर्वसर्तका रुपमा अघि सारेको थियो । तर एमाले र कांग्रेसबीच छलफल बाक्लिएपछि माओवादी केन्द्र र समाजवादी झस्किएका थिए । -अनलाईन खबर
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए