
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् ।
सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए ।
सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो। यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ट दिन’ मा रहेको बताएका छन् ।
संयोजक शाहीसहित ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का सदस्यहरुलाई शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गराउँदै लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए ।
शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो ।
ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए ।
उनले भने, ‘राप्रपा सामान्य राजनीतिक पार्टीमात्र होइन, संकटमा रहेको देश र धर्म जोगाउने, देशमा विद्यमान भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने अभियानमा राप्रपा छ ।’
ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानलाई पार्टीमा स्वागत गर्न पाउँदा आफू र सिंगो पार्टी हर्षित र गौरवान्वित भएको पनि लिङ्देनले प्रस्ट पारे ।
उनले भने, ‘राप्रपामा लाग्ने कुनै पनि नागरिकले जीवनको कुनै पनि दिन, कुनै क्षण पश्चाताप गर्नुपर्ने छैन । राप्रपा एउटा पार्टीमात्र होइन, एउटा आन्दोलन र अभियान पनि हो ।’ देश र धर्म जोगाउन क्रियाशील एकमात्र पार्टी राप्रपा भएको पनि उनले दाबी गरे ।
राप्रपाको एकता महाधिवेशनपछि समान विचार राख्ने व्यक्ति, समूह, अभियान सबैसँग कुराकानी गरेर राप्रपामा समाहित गर्ने, आवद्ध गराउने कार्य अगाडि बढाउँदै आएको उल्लेख गर्दै लिङ्देनले यो अभियान जारी रहने बताए ।
३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको जिकिर गर्दै उनले देश र जनताले यथास्थितिको अन्त्य खोजिरहेको उल्लेख गरे । ‘एमाले, काँग्रेस, माओवादीको विकल्प खोज्न जरुरी छ,’ उनले भने, ‘त्यो विकल्प भनेको राप्रपा नै हो ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई