
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
जनकपुर, १ फागुन । पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभयो ।
“गठबन्धन बनेदेखि नै प्रतिक्रियावादी, पूरा राजा महाराजा गठबन्धन भत्काउने षड्यन्त्रमा लागेका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यो षड्यन्त्र अझै पनि जारी छ, तर हामी यो गठबन्धनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ, त्यसैले उनीहरुको त्यो सपना कहिले पूरा हुँदैन ।” संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
“जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका बलमा पराजित भएकाप्रति क्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्ति सक्रिय नै छन् ।”
संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गर्नुभयो ।
प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उहाँले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताउनुभयो ।
नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उहाँले सङ्घर्षका लागि ऊर्जा प्राप्त गर्न मधेसी जनताका बीचमा जाने पार्टीले निर्णय लिएको सुनाउनुभयो । जनयुद्धको थालनी मधेसबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले आवश्यक परे पुनः मधेसी जनताका बीचमा जाने र ऊर्जा प्राप्त गर्ने योजना रहेको बताउनु्भयो ।
कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धि र समानताका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘जनयुद्ध’का कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएकाले यसलाई सरकारले महत्वका साथ लिएको बताउनुभयो ।
सहिदको बलिदानीबाट प्राप्त उपलब्धि संस्थागत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री राउतले सहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभयो ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादवले प्राप्त उपलब्धिको रक्षा गर्न र आगामी कार्यभार पूरा गर्न मुलुकमा माओवादी आवश्यक रहेको बताउनुभयो ।
न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइएको दाबी गर्दै उहाँले यसबाट न्यायालयभित्र रहेको बेथिति र विकृति अन्त्य हुने बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले जनयुद्धलगायत विभिन्न आन्दोलनका क्रममा सहिद भएका सबैलाई सहिद घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवि कर्णले सशस्त्र द्वन्द्व, जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि दलीय एकता जरुरी रहेको बताउनुभयो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा मधेसी सहिद प्रतिष्ठानका अध्यक्ष भरतप्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका ४० जनाको परिवारलाई जनही रु एक लाख नगदसहित सम्मान गर्नुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव