
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य “किरण”ले एक वक्तव्य जारी गर्दै नेपालको वर्तमान परिस्थितिमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट भएको कुरा उल्लेख गरेका छन् ।
यस्तै उनले स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस अवसरवादी तथा संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत तथा एकीकृत भई अगाडि बढ्न विशेष आह्वान गरेका छन् ।
बैद्यको वक्तव्यमा जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै क्रान्तिकारी माओवादीले आज विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरी देशभरि जनयुद्ध दिवस मनाउन गइरहेको बताइएको छ ।
बैद्यले मुख्य नेतृत्वको धोका र गद्दारीका कारण जनयुद्धले धक्का खाएको र प्रतिक्रान्ति हावी हुन पुगेको प्रसंग उल्लेख गरेका छन् । ‘आज भन्दा छब्बिस वर्ष पहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवादको शोषण तथा उत्पीडन र बाह्य रुपमा साम्राज्यवाद तथा भारतीय विस्तारवादको हस्तक्षेपका विरुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फको मार्ग प्रसस्त गर्न महान् जनयुद्धको थालनी गरिएको थियो ।’ उनले भनेका छन्- ‘छोटै समयमा उक्त जनयुद्ध जनमुक्ति सेनाको निर्माण, देशको विशाल ग्रामीण भूभागमा जनसत्ताको स्थापना र जनसरकारको गठन गर्दै विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, आज पार्टीको मूल नेतृत्वमा पैदा भएको दक्षिणपन्थी नवसंशोधनवादी विचलनका कारण क्रान्तिप्रति गद्दारी भएको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ र महान नेपाली जनयुद्ध इतिहास बनेको छ । हिजोका क्रान्तिका मूल नायक आज त्यही पुरानो प्रतिक्रियावादी सत्ता, उही संसदीय व्यवस्था र जनविरोधी संविधानका रक्षक बनेका छन् । यो दुःखद यथार्थ हो ।’
उनले देशको स्वाधीनता, जनतन्त्र र जनजीविकाको भयावह र संकटपूर्ण स्थितिको चित्रण समेत गरेका छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुुस्लिम लगायत आम उत्पीडित नेपाली जनताले जनतान्त्रिक अधिकारहरुको प्रयोग गर्न पाएका छैनन्, बरु प्राप्त सिमित अधिकारहरु पनि क्रमशः खोसिंदै जान थालेको उनले बताएका छन् । बढ्दो बेरोजगारी र आकाशिंदो महङ्गीका कारण मानिसलाई जीवन धान्न नै धौ धौ भएको भन्दै उनले देशको राष्ट्रिय स्वाधीनता एक पछि अर्को गरी गंभीर खतरामा पर्दै गएको बताएका छन् ।
‘नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुुस्लिम लगायत आम उत्पीडित नेपाली जनताले जनतान्त्रिक अधिकारहरुको प्रयोग गर्न पाएका छैनन्, बरु प्राप्त सिमित अधिकारहरु पनि क्रमशः खोसिंदै जान थालेका छन् । बढ्दो बेरोजगारी र आकाशिंदो महङ्गीका कारण मानिसलाई जीवन धान्न नै धौ धौ भएको छ । देशको राष्ट्रिय स्वाधीनता एक पछि अर्को गरी गंभीर खतरामा पर्दै गएको छ ।’ उनले भनेका छन् ।
त्यस्तै हिन्द–प्रशान्त रणनीतिको अङ्ग रहेको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकी साम्राज्यवादी शासकहरुले संसदवादी पार्टीका नेताहरुलाई फोन तथा विभिन्न संचार माध्यमबाट धम्की दिन थालेको उनको भनाइ छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक कब्जागरेर बसेका भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमिमा सडक निर्माण र विस्तार गरेको खुला घोषणा गर्दा पनि त्यसबारे सामान्य कूटनैतिक विरोधसम्म पनि नगरेर तिनिहरु भारतीय विस्तारवादी शासक वर्गका सामु लम्पसार परेको उनले बताएका छन् ।
‘हिन्द–प्रशान्त रणनीतिको अङ्ग रहेको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकी साम्राज्यवादी शासकहरुले संसदवादी पार्टीका नेताहरुलाई फोन तथा विभिन्न संचार माध्यमबाट धम्की दिन थालेका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक कब्जागरेर बसेका भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमिमा सडक निर्माण र विस्तार गरेको खुला घोषणा गर्दा पनि त्यसबारे सामान्य कूटनैतिक विरोधसम्म पनि नगरेर तिनिहरु भारतीय विस्तारवादी शासक वर्गका सामु लम्पसार परेका छन् । वस्तुतः नेपालका संसदवादी पार्टीका शीर्ष नेताहरु नै देशको औपनिवेशीकरण गर्ने प्रक्रियामा साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा मतियार बन्न पुगेका छन् । यसरी देश दिन प्रतिदिन पराधीन हुँदैै गएको छ ।’ व्यक्तव्यमा भनिएको छ ।
नेपालमा नेपालमा संसदीय व्यवस्था र त्यसका प्रमुख तीनओटै अङ्गहरु व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका समेत सबै अस्तव्यस्त बनेको, देशको आर्थिक अवस्था झनझन जर्जर र संकटग्रस्त हुँदै गएको र, लोकतन्त्रवादी र संशोधनवादी कम्युनिस्ट पार्टीहरु सबै असफल सावित भएको स्थितिले नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट गरेको कुरा उल्लेख गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘यतिबेला नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । विश्व सर्वहारा वर्गले क्रान्तिको प्रक्रियामा विगतमा आर्जन गरेका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै, माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै हाम्रो पार्टी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि क्रान्तिको तयारीमा जुटेको छ । महान् जनयुद्धको सत्ताइसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस अवसरवादी तथा संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत तथा एकीकृत भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई