News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बिहीबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

उनका​ अनुसार बैठकमा पार्टीका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ । अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल हुने पौडेलले बताए ।

यस्तै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल हुने छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी रहन्छन् । यो समितिमा ३७ सदस्य छन् ।