News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

चितवन निकुञ्जमा गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’

चितवन । चितवनराष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।

२०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका-२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए।

निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए। न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए।

नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र माघ १७ गते रिपोर्ट नेगेटिभ आएपछि १८ गते जिल्ला कारागार भरतपुर पठाइएको पौडेलले बताए।

डनन्यूज ट्रेन्डिङ