News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

सत्यमोहन जोशीको छातीमा निमोनियाको संक्रमण

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। गत राति स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान १२: ५४ बजे उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

‘उहाँको छातीमा निमोनियाको संक्रमण देखिएको हुँदा सो नियन्त्रणको लागि एन्टिबायोटिक सुरू गरिएको छ’, मंगलबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ।

साथै उनको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी जाँच गर्न पठाइएको अस्पताल निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बज्राचार्यले बताए।

सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् । उनले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्।

डनन्यूज ट्रेन्डिङ