
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन ।
वडा, पालिका र क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रमा सहभागी हुने कतिपय नेताहरू महाधिवेशनमा भाग लिनै पाएनन । यही सहभागी बन्न नपाएको प्रतिशाध महोत्तरीमा छताछुल्ल भएको छ ।
बल्वा नगरपालिका, मनरासिस्वा नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न हुन नसक्दा क्षेत्र नम्बर ३ को अधिवेशन अझै अन्योलमा छ। केन्द्रले जिल्ला अधिवेशन गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै कतिपय नेताहरू भोकहडतालमा समेत बसे ।
विवादित क्षेत्र, वडा र पालिकाको अधिवेशन नसकेसम्म जिल्ला अधिवेशन गर्न नहुने माग राख्दै कांग्रेस महोत्तरीका पूर्व माहासचिव बजरंग नेपाली तीन दिनसम्म भोकहडतालमा बसे । क्षमतावान नेताहरु केन्द्रीय महाधिवेशनमा सहभागी बन्न नपाएको, तर जिल्लामा यो दुर्भाग्य नदोहोर्याउने बजरंग नेपालीलगायतका नेताहरूको अडान छ ।
क्षेत्रीय अधिवेशन समपन्न गरेपछि मात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्नुपर्ने मागसहित तीन दिनसम्म भोकहडतालमा बसेका नेताको मागलाई केन्द्रबाट सम्बोधन त भयो, तर विवादित क्षेत्र नम्बर ३ को अधिवेशनमा केन्द्रले सहजीकरण गर्न नसक्दा अझै अधिवेशनमा अन्योल नै सिर्जना भएको छ।
कांग्रेसका महामन्त्री धनराज गुरुङले भोकहडतालमा बसेका नेता नेपालीसहित उक्त मागका समर्थकलाई परिपत्रसहित क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गर्ने विश्वस्त तुल्याएका थिए । तर क्षेत्रीय अधिवेशनका समबन्धमा पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
जिल्ला सभापतिको आकांक्षीहरु मनोज झा, रागबेन्द्र झा र रामु यादव छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् । पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरूको आरोप छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले केन्द्रीय अधिवेशनमा भाग लिन नपाएको रिस अहिले अशिवेशन हुन नदिने षड्यन्त्र रचिरहेको जिल्लाका नेताहरूको आरोप छ ।
जिल्ला अधिवेशनका लागि भोक हडतालमा बसेका नेता बजरंग नेपाली पनि जिल्ला सभापतिका दावेदार हुन् । यदि क्षेत्र नम्बर ३ को अधिवेशन नसकिए जिल्ला अधिवेशनमा नेता नेपालीले उम्मेदवारी दिन पाउने छैनन् ।
महोत्तरीमा संस्थापन र संस्थापन इतर गरी झन्डै आधा दर्जन प्यानल देखिएका छन् । आसन्न निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको छिन्नभिन्नले निर्वाचनमा समेत ठूलो धक्का लाग्ने स्वयं नेताहरुको आँकलन छ ।