
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हुम्लामा माओवादीले आफूलाई कमजोर महसुस गरेको छ । यहीकारण भोटे समुदायको मतलाई बाहिर जान नदिन माओवादीले कर्णाली प्रदेश सरकारमा ‘कार्चेन लामा’ लाई प्रदेश सरकारको मन्त्री बनाउने तयारी गरेको हो ।
सुर्खेत, माघ, २३ गते । नेकपा माओवादी केन्द्रले हुम्लाका छिरिङ दुमदुम लामा (कार्चेन लामा)लाई मन्त्री बनाउन लागेपछि लामा विवादमा तानिएका छन् । नैतिक पतन देखिने फौजदारी अभियोगमा कैद सजाय पाएका व्यक्तिलाई मन्त्री बनाउन लागिएको भन्दै माओवादी सांसदहरुले विरोध जनाएका छन् ।
मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेको खुलासा भएपछि उनी विवादमा तानिएका हुन् । लामाले फौजदारी अभियोग भोगको घटना छताछुल्ल भएपछि उनलाई मन्त्री नबनाउन माओवादी भित्र दबाब बढेको छ । माओवादी केन्द्रले मन्त्रिपरिषदमा सिफारिस गर्न लागेका लामाले मूर्ति चोरी अभियोगमा फौजदारी मुद्दा खेपेका हुन् ।
चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा सजाय पाएका थिए । झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो ।
त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले लामालार्ई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । लामा हाल सांसद समेत छैनन् । माओवादी कर्णाली प्रदेश सभा दलभित्रै उनलाई मन्त्री बनाउन लागेपछि अन्तर्विरोध सुरू भएको हो ।
माओवादीबाट सांसद नभए पनि मन्त्रीका लागि सिफारिस गरिएका कार्चेन हुम्लामा भूमिगत हुने पहिलो माओवादी नेता हुन् । २०५४ सालदेखि माओवादीमा भूमिगत भएर काम गरेका लामा हिमाली जनसांस्कृतिक परिवार अध्यक्ष हुँदै माओवादीको सैन्य कमाण्डर भएका थिए ।
कर्णाालीमा लामा समुदायको भोट तान्ने माओवादी रणनीति
प्रस्तावित मन्त्री लामा नागरिक माझ प्रिय नेताको रुपमा पहिचान बनाएको हुम्लाका माओवादी कार्यकर्ताको भनाइ छ । २०५४ सालमा साविकको वरगाउँ गाविसको ९हाल सिमिकोट गाउँपालिका —३० उपाध्यक्षमा निर्वाचित भएका थिए ।
व्यक्तिगत रुपमा नागरिकमाझ राम्रो छवि बनाएका नेताको रुपमा लामा परिचित भएको स्थानीयको भनाइ छ । पदको न्यायोचित वितरणको लागि लामालाई मन्त्रीमा अघि सारिएको माओवादी हुम्लाका इन्चार्ज विजय भण्डारीले बताए ।
‘गठबन्धनका कारण सबैभन्दा पीडित जिल्ला हुम्ला हो’, उनी भन्छन्, ‘यहाँ माओवादीबाट अहिलेसम्म कोही मन्त्री भएका छैनन् त्यसैले न्यायोचित वितरण हुनुपर्छ भन्ने हाम्रो माग हो । उनले लामा हुम्लाका मतदातामाझ प्रिय नेताको रुपमा आफ्नो छवि बनाएको बताए । ‘यस अघि फ्लोर क्रस गरेर मन्त्री भएका तीन जना पनि गैर सांसद थिए तर उनीहरुको गैर सांसद भनेर पत्तै भएन’ उनी भन्छन्, ‘गैरसांसद ६ महिना मन्त्री हुन पाउने पनि संविधानले नै व्यवस्था गरेको छ ।’
पार्टीलाई जोगाउन हुम्लामा मुख्य दल (नेपाली काँग्रेस, एमाले र माओवादी) को समान हैसियत छ । २०७४ सालको निर्वाचमा तीन वटै दलका उम्मेद्वारहरु विजय भए । दुई वटा प्रदेशसभाका सिटमध्ये कांग्रेसबाट कर्णालीप्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेबाट दल रावल र प्रतिनिधिसभामा माओवादी केन्द्रबाट छक्कबहादुर लामा विजयी भए । तर पछिल्लो समय हुम्लामा राजनीतिक उथलपुथल भएको छ ।
एमाले विभाजन हुँदा केही नेताहरु नेकपा समाजवादीमा लागेका छन् भने माओवादीभित्रै विद्रोह भएको छ । माओवादीबाट २०६४ सालको संविधानसभा सदस्य बनेका छिमी लामाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । त्यसयता हुम्लामा माओवादीले आफूलाई कमजोर महसुस गरेको छ । यहीकारण भोटे समुदायको मतलाई बाहिर जान नदिन माओवादीले कर्णाली प्रदेश सरकारमा ‘कार्चेन लामा’ लाई प्रदेश सरकारको मन्त्री बनाउने तयारी गरेको हो । -ईकागज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने