
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
हुम्लामा माओवादीले आफूलाई कमजोर महसुस गरेको छ । यहीकारण भोटे समुदायको मतलाई बाहिर जान नदिन माओवादीले कर्णाली प्रदेश सरकारमा ‘कार्चेन लामा’ लाई प्रदेश सरकारको मन्त्री बनाउने तयारी गरेको हो ।
सुर्खेत, माघ, २३ गते । नेकपा माओवादी केन्द्रले हुम्लाका छिरिङ दुमदुम लामा (कार्चेन लामा)लाई मन्त्री बनाउन लागेपछि लामा विवादमा तानिएका छन् । नैतिक पतन देखिने फौजदारी अभियोगमा कैद सजाय पाएका व्यक्तिलाई मन्त्री बनाउन लागिएको भन्दै माओवादी सांसदहरुले विरोध जनाएका छन् ।
मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेको खुलासा भएपछि उनी विवादमा तानिएका हुन् । लामाले फौजदारी अभियोग भोगको घटना छताछुल्ल भएपछि उनलाई मन्त्री नबनाउन माओवादी भित्र दबाब बढेको छ । माओवादी केन्द्रले मन्त्रिपरिषदमा सिफारिस गर्न लागेका लामाले मूर्ति चोरी अभियोगमा फौजदारी मुद्दा खेपेका हुन् ।
चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा सजाय पाएका थिए । झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो ।
त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले लामालार्ई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । लामा हाल सांसद समेत छैनन् । माओवादी कर्णाली प्रदेश सभा दलभित्रै उनलाई मन्त्री बनाउन लागेपछि अन्तर्विरोध सुरू भएको हो ।
माओवादीबाट सांसद नभए पनि मन्त्रीका लागि सिफारिस गरिएका कार्चेन हुम्लामा भूमिगत हुने पहिलो माओवादी नेता हुन् । २०५४ सालदेखि माओवादीमा भूमिगत भएर काम गरेका लामा हिमाली जनसांस्कृतिक परिवार अध्यक्ष हुँदै माओवादीको सैन्य कमाण्डर भएका थिए ।
कर्णाालीमा लामा समुदायको भोट तान्ने माओवादी रणनीति
प्रस्तावित मन्त्री लामा नागरिक माझ प्रिय नेताको रुपमा पहिचान बनाएको हुम्लाका माओवादी कार्यकर्ताको भनाइ छ । २०५४ सालमा साविकको वरगाउँ गाविसको ९हाल सिमिकोट गाउँपालिका —३० उपाध्यक्षमा निर्वाचित भएका थिए ।
व्यक्तिगत रुपमा नागरिकमाझ राम्रो छवि बनाएका नेताको रुपमा लामा परिचित भएको स्थानीयको भनाइ छ । पदको न्यायोचित वितरणको लागि लामालाई मन्त्रीमा अघि सारिएको माओवादी हुम्लाका इन्चार्ज विजय भण्डारीले बताए ।
‘गठबन्धनका कारण सबैभन्दा पीडित जिल्ला हुम्ला हो’, उनी भन्छन्, ‘यहाँ माओवादीबाट अहिलेसम्म कोही मन्त्री भएका छैनन् त्यसैले न्यायोचित वितरण हुनुपर्छ भन्ने हाम्रो माग हो । उनले लामा हुम्लाका मतदातामाझ प्रिय नेताको रुपमा आफ्नो छवि बनाएको बताए । ‘यस अघि फ्लोर क्रस गरेर मन्त्री भएका तीन जना पनि गैर सांसद थिए तर उनीहरुको गैर सांसद भनेर पत्तै भएन’ उनी भन्छन्, ‘गैरसांसद ६ महिना मन्त्री हुन पाउने पनि संविधानले नै व्यवस्था गरेको छ ।’
पार्टीलाई जोगाउन हुम्लामा मुख्य दल (नेपाली काँग्रेस, एमाले र माओवादी) को समान हैसियत छ । २०७४ सालको निर्वाचमा तीन वटै दलका उम्मेद्वारहरु विजय भए । दुई वटा प्रदेशसभाका सिटमध्ये कांग्रेसबाट कर्णालीप्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेबाट दल रावल र प्रतिनिधिसभामा माओवादी केन्द्रबाट छक्कबहादुर लामा विजयी भए । तर पछिल्लो समय हुम्लामा राजनीतिक उथलपुथल भएको छ ।
एमाले विभाजन हुँदा केही नेताहरु नेकपा समाजवादीमा लागेका छन् भने माओवादीभित्रै विद्रोह भएको छ । माओवादीबाट २०६४ सालको संविधानसभा सदस्य बनेका छिमी लामाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । त्यसयता हुम्लामा माओवादीले आफूलाई कमजोर महसुस गरेको छ । यहीकारण भोटे समुदायको मतलाई बाहिर जान नदिन माओवादीले कर्णाली प्रदेश सरकारमा ‘कार्चेन लामा’ लाई प्रदेश सरकारको मन्त्री बनाउने तयारी गरेको हो । -ईकागज