
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
नेपाल राष्ट्र बैंकको अनुसन्धानले एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ठगी गर्ने कार्यमा सबैभन्दा अगाडि रहेको देखाएको छ।
पोखरा, ९ साउन । नेपालमा सहकारी ठगीका कारण अर्बौं रुपैयाँ हिनामिना भएर सर्वसाधारणले दुख भोगिरहेका बेला, बैंक तथा वित्तीय संस्थाहरू पनि उस्तै ठगीधन्दा र गलत क्रियाकलापमा संलग्न भएको खुलासा भएको छ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा गरेको अनुसन्धानले एनआईसी एसिया बैंक, पोखरा फाइनान्स, सिटिजन्स बैंक इन्टरनेशनल र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गैरकानुनी गतिविधि गरेको पुष्टि भएपछि यी संस्थाहरूलाई कारबाही र जरिवाना गरेको छ।
एनआईसी एसिया बैंकले ऋणीहरूसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, व्याजदर (स्थिर वा परिवर्तनीय), र किस्ता सम्बन्धी व्यवस्था स्पष्ट र सरल भाषामा उल्लेख नगरेको पाइएको छ।
एनआईसी एसिया बैंकको ठगीधन्दा : ग्राहकमाथि अन्याय
नेपाल राष्ट्र बैंकको अनुसन्धानले एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ठगी गर्ने कार्यमा सबैभन्दा अगाडि रहेको देखाएको छ। यो बैंकले ऋणीहरूसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, व्याजदर (स्थिर वा परिवर्तनीय), र किस्ता सम्बन्धी व्यवस्था स्पष्ट र सरल भाषामा उल्लेख नगरेको पाइएको छ। त्यस्तै, व्याजदर परिवर्तन गर्दा ऋणीलाई जानकारी नदिई मनपरी ब्याज असुल गरेको र सहकारी ठगीको जस्तै फितलो व्यवस्थापनका कारण पटक–पटक विवादमा परेको छ।
राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई यस्ता गलत कार्य रोक्न सचेत गराएको छ। यी गतिविधिले बैंकमा कारोबार गर्ने ग्राहकहरू झस्किएका छन्। “हामीले विश्वास गरेर पैसा राखेका छौं, तर बैंकले नै यस्तो ठगी गर्छ भने हाम्रो बचत कहाँ सुरक्षित हुन्छ?” एक ग्राहकले आक्रोश व्यक्त गरे।
पोखरा फाइनान्सको लापरबाही : ३२ लाख जरिवाना
पोखराको नामुद मिटरब्याजी कारोबारीको संलग्नता रहेको भनिएको पोखरा फाइनान्सले पनि नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएको छ। राष्ट्र बैंकले यो फाइनान्सलाई २०८१ माघ २७ देखि चैत २३ सम्म न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ३२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ। यस्तो लापरबाहीले फाइनान्सको वित्तीय अवस्था कमजोर भएको र बचतकर्ताको पैसा जोखिममा परेको देखिन्छ।
सिटिजन्स बैंकको गलत रणनीति
सिटिजन्स बैंक इन्टरनेशनलले पनि राष्ट्र बैंकको निर्देशनविपरीत गलत काम गरेको पाइएको छ। बैंकले प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गर्न करार सम्झौतामा अनधिकृत संशोधन गरेको, फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगमा आन्तरिक लेखापरीक्षण नगरेको, ब्याजदर गणनामा गल्ती गरेको र पुरानो कर्जा चुक्ता गर्न नयाँ कर्जा प्रवाह गरेको पाइएको छ। त्यस्तै, बैंक जमानतको भुक्तानी तोकिएको समयमा नगरेको र चालुपुँजी सम्बन्धी मार्गदर्शन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।
गुहेश्वरी मर्चेन्टको अनियमितता
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले कर्मचारीको उपदान सम्बन्धी विनियमावलीमा राष्ट्र बैंकको स्वीकृतिबिना संशोधन गरेको र सञ्चालक नियुक्ति प्रक्रियामा पनि लापरबाही गरेको पाइएको छ। वार्षिक साधारण सभाअघि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको र सभा समापनपछि मात्र सञ्चालक नियुक्त गरेको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ।
यो घटनाले नेपालको बैंकिङ क्षेत्रमा गम्भीर अनियमितता र ठगीधन्दा मौलाएको देखाएको छ। सहकारी ठगीले पहिल्यै सर्वसाधारणको अर्बौं रकम डुबाएको अवस्थामा बैंकहरूको यस्तो गैरजिम्मेवार व्यवहारले बचतकर्ताहरूको विश्वास गुम्ने खतरा बढेको छ। नेपाल राष्ट्र बैंकले यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाहीको प्रक्रिया सुरु गरेको भए पनि बचतकर्ताहरूलाई आफ्नो पैसा सुरक्षित राख्न सचेत रहन जरुरी छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो