
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ, २२ माघ । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो ।
उहाँले जिम्मेवारी राम्रोसँग निभाएका प्रजिअलाई मन्त्रालयले तोकिएभन्दा समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिनुभयो । सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी प्रजिअको रहेको उहाँले बताउनुभयो ।
कोभिड–१९ को महामारीका बेलामा आफैँ सङ्क्रमित भएर पनि शान्ति सुरक्षा सबल बनाउनमा भूमिका खेलेकाप्रति धन्यवाद दिँदैँ मन्त्री खाँणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुने विश्वास व्यक्त गर्नुभयो । कतिपय प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको सन्दर्भ जोड्दै मन्त्री खाँणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिनुभयो ।
जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियो । विशेषगरी पहाडी जिल्लामा सवारी दुर्घटना बढिरहकाले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो । गृहसचिव टेकनारायण पाण्डेले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउन तथा परिस्थितिअनुरुप कोभिड–१९ सम्बन्धी आदेशलाई पुनरावलोकन गर्न पनि निर्देशन दिनुभयो ।
बैठकमा एक प्रदेशबाट एक प्रजिअले वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । प्रदेश नं १ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेस प्रदेशबाट पर्साका प्रजिअ उमेशकुमार ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, लुम्बिनी प्रदेशबाट रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी गण्डकी प्रदेशबाट कास्कीका प्रजिअ जयराज आचार्य, कर्णाली प्रदेशबाट सुर्खेतका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले प्रदेशको वस्तुस्थितिकाबारे धारणा राख्नुभएको थियो ।