News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

काठमाडौं वरिपरिका डाँडामा तेस्रो पटक हिमपात

काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर हल्का वर्षा भइरहेको छ। यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ।

यसैक्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरीलगायतका डाँडामा हिउँ परेको छ। यसअघि गत माघ ६ गते र पुस १४ गते पनि हिउँ परेको थियो।

हिउँ परेसँगै हिउमा रमाउन बाक्लो संख्यामा युवा युवतीको उपस्थिति हुने गर्छ। लिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गए रातीदेखि काठमाडौं उपत्यकामा परेको पानी अहिले केही हल्का भएको छ। यद्यपी तुवालोले ढाकेको छ। वर्षासँगै हिउँ परेपछि चिसो बढेको छ।

महाशाखाले पनि वर्षा र हिमपातका कारण चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।