News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

खराब मौसमका कारण भरतपुर, सुर्खेत र पोखराको उडान प्रभावित

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक (प्रवक्ता) टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको प्रवक्ता सिटौलाले बताए । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।