
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।
उपसचिवमा बढुवा सिफारिसमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य परेका छन् ।
त्यस्तै, कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ, यज्ञराज जोशी, कुमार आचार्य, हिमालय बराल, कुमारबहादुर खड्का, खुमप्रसाद सुवेदी, शेषकान्त पौडेल, केशवप्रसाद अर्याल, जितेन्द्रजंग केसी, खगेन्द्र गिरि, दिनेश अधिकारी, बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी सिफारिसमा परेका छन् ।
हरिप्रसाद गौतम, सुदर्शनराज पण्डित, सरस्वती पौडेल, कमला ज्ञवाली, ऋषिकुमार दाहाल, राजुप्रसाद न्यौपाने, टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा परेका छन् ।
यता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतको बढुवा रद्द भएको छ । २१ पुसमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बैठकले डा बस्नेतलाई स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिनरग्याष्ट्रोइन्टेरोलोजी समूह, प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, लोकसेवा आयोगले १५ कात्तिकमा रद्द गरेको विज्ञापनमा उनलाई बढुवा सिफारिस भएको पाइएपछि १४ माघमा सिफारिस रद्द गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘२१ पुसमा भएको बढुवासम्बन्धी निर्णय बदर भएको छ ।’
आयोगले रद्द गरिसकेको विज्ञापनमा बढुवा समितिको सचिवालयले २३ पुसमा कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि भन्दै सूचना जारी गरेको थियो । सोही अनुसार बस्नेत बढुवाका लागि सिफारिसमा परेका थिए ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार