
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् ।
निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदाता मैत्री बनाउन उनले सुझाव दिइन् ।
आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको कुरा व्यक्त गर्दै शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानूनमा तोकिएको समय सीमा भित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरूरी भएकोले आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनु पर्नेमा राष्ट्रपतिले जोड दिइन् ।
स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास राष्ट्रपति भण्डारीको थियो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।
आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् ।
प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचन सम्बन्धी नीति एवम् कानूनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्था, मतदाताको संख्यात्मक विवरण, राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा जानकारी गराए ।
उक्त अवसरमा संवैधानिक व्यवस्था अनुसार आसन्न स्थानीय तह लगायतका निर्वाचन सञ्चालन एवम् व्यवस्थापनलाई लक्षित गरी आयोगबाट सम्पादन भएका मतदाता नामावली दर्ता, मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन लगायतका विषयमा समेत जानकारी गराए ।
आयोगको तर्फबाट पेश भएको वार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित गरेका काम कारवाहीको सारांश, निर्वाचन आयोग सम्बन्धी व्यवस्था, निर्वाचन सम्वन्धी नीतिगत तथा कानूनी ब्यवस्था, वैठक ब्यवस्थापन, आयोगको साङ्गठनिक एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल तथा बजेट कार्यान्वयन लगायतका विषयहरू समावेश गरिएको छ ।
प्रतिवेदन पेश गर्न आयोजित कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव लगायत कर्मचारीहरू तथा राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिव लगायतको उपस्थिति रहेको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव