
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं । काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो।
कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङको रेष्टुरेन्टमा ठूलो संख्यामा भेला भई अनलाइन बिङ्गो खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सो सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको प्रहरी उपरीक्षक मैनालीले बताए। त्यहाँबाट प्रहरीले ६६ जना पुरूष र आठ जना महिलालाई पक्राउ गरेको छ।
‘कोरोना संक्रमण बढिरहेको बेलामा उनीहरूले यसरी भेला भएर जुवा खेलिरहेका छन् भन्ने सूचना आएको थियो। त्यसपछि हाम्रो टोली गएर नियन्त्रणमा लिएको हो,’ मैनालीले भने, ‘उनीहरूले कसरी खेलाउँथे भन्ने अनुसन्धान गरिरहेको छ।’
प्रहरीले छापा मारेको ठाउँबाट खेल्न प्रयोग हुने बिङ्गोको कुपन र नगद बरामद गरेको छ। उनीहरूबाट प्रहरीले ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको छ।
उनीहरूले एउटा बिङ्गो एप डाउनलोड गरेका थिए। त्यसरी डाउनलोड गरेपछि भेला भएका मानिसहरूले हार-जित हुनेगरी पैसा हाल्थे।
खेलाउने प्रमुख व्यक्तिको मोबाइल पनि स्पिकरमा जडान गरिएको थियो। भेला भएका मानिसहरूले कुपन किनेका थिए।
त्यसअनुसार नम्बर पर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको बौद्ध वृत्तले जनाएको छ।
हार-जित हुने गरी खेलेको हुँदा उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बौद्धले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान