
१कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
३‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
४स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
५विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
६पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
९पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१०रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
११कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
१२उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओबीच भर्चुअल कुराकानी भएको छ ।
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न फुल हाउसमा पेस गर्ने वा नगर्ने भन्दै सत्ता गठबन्धनभित्र चर्चा भइरहेकै बेलामा माघ १५ गते पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र सोङबीच भएको भर्चुअल कुराकानीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
सोङले आफ्नो विदेश विभागको टोलीसहित कुराकानी गरेका थिए भने प्रचण्डले भने कोठामा एक्लै बसेर कुराकानी गरेका हुन् । यस वार्ताको विषयमा प्रचण्डले आफ्ना सचिवालयका पदाधिकारीहरूलाई समेत आइतबार बेलुकासम्म जानकारी दिएका छैनन् । त्यसै कारणले सीसीपीको विदेश विभागले उक्त वार्ताबारे सार्वजनिक गरेपछि मात्र सूचना बाहिर आएको हो ।
सीसीपीको अन्तर्राष्ट्रिय विभागबाट प्राप्त सूचनाअनुसार सोङले प्रचण्डलाई अध्यक्षमा फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । ८औं महाधिवेशनमा प्रचण्ड पुन: अध्यक्षमा निर्वाचित भएका हुन् सोङले वार्ताका क्रममा चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी र साझा भविष्यका विकास साझेदार भएको उल्लेख गरेका छन् ।
चीनमा सीसीपी विदेश विभागका प्रमुखलाई धेरै महत्त्वपूर्ण व्यक्तिका रूपमा दिइन्छ । चीनको विदेश नीति नै सीसीपीको केन्द्रीय समितिले निर्माण गर्ने भएकोले त्यसमा विदेश विभागको महत्त्वपूर्ण भूमिका हुन्छ । साथै, विदेश विभाग प्रमुख सोङ नेपाल मामिलामा जानकार समेत मानिन्छन् ।
राष्ट्रपति तथा महासचिव सी जिनपिङले सन् २०१९ को अक्टोबरमा नेपालको ऐतिहासिक भ्रमण गरेको तथा दुई पक्षले विकास र समृद्धिका लागि चीन र नेपालबीचको मित्रता र मित्रताको रणनीतिक साझेदारीको स्थापनाको घोषणा गरेको पनि विदेश विभागद्वारा वार्ताबारे जानकारी दिइएको सूचनामा उल्लेख छ ।
‘दुई देशबीचको सम्बन्ध द्रुत विकासको नयाँ युगमा प्रवेश गरेको छ । परम्परागत मित्रतालाई सुदृढ गर्दै, राजनीतिक आपसी विश्वासलाई प्रगाढ गर्दै दुई देशका राजनीतिक दलको राजनीतिक नेतृत्वदायी भूमिका खेल्दै दुई देशका नेताहरूले तोकेको विकासको दिशालाई पछ्याउन चिनियाँ पक्ष नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ,’ सोङले दुई पक्षीय कुराकानीमा भनेका छन् ।
उनले बेल्ट एन्ड रोड ढाँचाअन्तर्गत ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै र विभिन्न क्षेत्रहरूमा व्यवहारिक कार्यान्वयन पनि उल्लेख गरेका छन् । ‘दुई देश र दुई जनतालाई अझ राम्रो लाभान्वित गर्न हिमालय पार बहुआयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सहयोग गर्छ,’ उनले भनेका छन् । नेपालले सन् २०१७ मा बीआरआईमा सम्झौता गरेको थियो ।
सोङ सीपीसीले माओवादी केन्द्र र नेपालका अन्य प्रमुख दलहरूले दीर्घकालीन मैत्रीपूर्ण आदान–प्रदान कायम राखेकाले चीन–नेपाल सम्बन्धको स्वस्थ र स्थिर विकासमा महत्त्वपूर्ण भूमिका उल्लेख गरेका छन् ।
‘हामी माओवादीसँग र देशको शासन सञ्चालनका अनुभवको आदान–प्रदानलाई निरन्तरता दिन, पार्टी निर्माण र अन्य पक्षमा सहकार्यलाई सुदृढ गर्न तथा चीन–नेपालको विकासमा थप योगदान दिन इच्छुक छौं,’ उनले भनेका छन् । सोङले दाहाललाई बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको तयारीको बारेमा पनि जानकारी दिएका छन् ।
दाहालले भने ओलम्पिकका लागि चीनलाई बधाई दिए । उक्त शीतकालीन ओलम्पिकमा नेपालबाट खेल्नको लागि कोही पनि छनोट भएको छैन । शीतकालीन ओलम्पिकमा भाग दिने नेपालको एकमात्र खेल संघ स्की हो । नेपाल ओलम्पिक कमिटीका अनुसार उक्त संघका एक खेलाडी रहेकोमा उनी छनोट हुनै सकेनन् ।
साथै, पूर्वप्रधानमन्त्रीको हैसियतमा विदेशीसँग भेटवार्ता गर्दा दाहालले परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिएका छैनन् । नेपालमा कूटनीतिक आचारसंहिता जारी गरे पनि कुनै पनि राजनीतिक दलका पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुले विदेशीलाई भेट्दा परराष्ट्र मन्त्रालयलाई खबर गर्ने गरेका छैनन् । ‘हामीलाई उहाँहरुले जानकारी नै नदिएपछि थाहा हुने कुरै भएन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा