
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ, ८ माघ । विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्ले स्थानीय तहको निर्वाचनका लागि समयमा मिति घोषणा गर्न माग गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेकाले चाँडो निर्वाचनको घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिँदै सम्भव भएसम्म तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने बताउनुभयो । संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने बताउँदै उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सकिन्छ कि सकिँदैन भन्ने बहस पनि छ । सङ्घीय संसद् विगत लामो सयमदेखि अवरुद्ध छ । एमालेले संसद् चल्न दिएको छैन । अपेक्षाअनुसार सङ्घीय संसद्ले गति लिन सकेन । स्थानीय तहको निर्वाचन सँगसँगै प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भएको छ ।”
नेकपा (एमाले)का नेता एवं बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले निर्वाचित जनप्रतिनिधिले शासन गर्न पाउने व्यवस्थाअनुसार तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो । स्थानीय जनप्रतिनिधिको कार्यकाल संविधानमा पाँच वर्ष तोकिएको बताउँदै उहाँले जनप्रतिनिधिविहीन स्थानीय तह बनाउन नहुने विचार राख्नुभयो ।
अधिवक्ता डा सुरेन्द्र महतोले लोकतन्त्रको मेरुदण्ड भनेको अद्यावधिक निर्वाचन भएको बताउँदै स्थानीय तहको कार्यकाल पाँच वर्ष तोकिएकाले कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्न सकिने विचार राख्नुभयो । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन समयावधि सकिएको छ महिनाभित्र गर्नु भनेर संविधानले नै भनेकाले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । “विषम परिस्थितिमा यो छ महिनाको अवधि हो । यो टेकेर निर्वाचन लम्ब्याउन पाइँदैन”, उहाँले भन्नुभयो । स्थानीय तहलाई धेरै राजनीतिकरण गर्न नहुने भण्डारीले बताउनुभयो ।
वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले स्थानीय तहको निर्वाचनको मिति तोक्ने बेला भइसकेकाले सरकारले यसमा ढिलाइ गर्न नहुने बताउँदै तीनै तहको निर्वाचन गर्न नमिल्ने विचार व्यक्त गर्नुभयो । संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीन कल्पना नगरेको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई निस्तेज गर्ने गरी संविधानको व्याख्या गर्न नहुने बताउनुभयो ।