
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरूलाई निरूत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले (आज) शुक्रबार राति १२ बजेदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागु गरेका छन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरूलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए।
सवारी साधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरूत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए।
उनले भने,‘भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरूको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको र यसलाई न्यूनीकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो। यसका साथै अत्यावश्यक काममा हिँडडुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रूपमा छ।’
उनले अगाडी भने- ‘तथापि संक्रमणको यो स्तरको वृद्धि हुँदा पनि सामाजिक रूपमा त्यसले अझ पनि मानिसहरूको आवाजावत, हिँडडुल, भीडभाड अझ पनि नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर बिजोरको हिसाबले गएको हो र यसले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्य मान्छेहरूको गतिविधिलाई, भीडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरूत्साहित गर्छ भन्ने यसको मक्सद हो।’
सवारी साधनमा जोरबिजोर प्रणाली लागु भए पनि उपचारलगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारे। यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए।
सवारी साधनको चापका कारण भीडभाड न्यूनीकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए। सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे।
उनले भने, ‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहिँ समस्या छैन। त्यस विषयमा हामी छलफल पनि गर्दैछौं। अन्य हिँडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन, यो बेलामा गतिविधि नर्गदा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ। उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो।’
उनले अगाडी थपे- ‘ जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझ पनि मानिसहरूमा धारणा नबनिसकेको देखियो। त्यसकारण अत्यावश्यक काममा हिँड्ने नागरिकहरूलाई अहिले पनि अप्ठ्यारो, बाधा छैन। सवारी साधनको सीमिततालाई भीडभाडजन्य गतिविधिमा निरूत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाइ हो।’
प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ। आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भूमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान