
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले रौतहटमा पुगेर आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको गौर घटना दोहोरिएर हत्या गर्न सक्ने चेतावनी दिएकी हुन् ।
जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री यादवले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।
सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएकी छन् ।
तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । यो घटनालाई ‘गौर हत्याकाण्ड’ भनेर चिनिन्छ ।
वि.सं. २०६३ मा जारी भएको अन्तरिम संविधान जलाएर मधेश आन्दोलन थालेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त हत्याकाण्ड भएको थियो ।
यादवकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम हत्या गरेको तत्कालीन माओवादीले दाबी गरेको थियो ।अहिले फोरम र माओवादी दुवै सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक हुन् ।
गत वर्ष ‘गौर हत्याकाण्ड’ का पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपेन्द्र यादवको निर्देशनमा घटना भएकाले उनीमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । भौतिक पूर्वाधारमन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान