News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न एमालेको सर्कुलर

काठमाडौँ । एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो । साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ ।

यस्तो छ सर्कुलर

नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ ।

साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।