
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ ।
कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा प्रभाव परेको छैन ।
उपचारमा कुनै कमी नहोस् भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले बताए । जसले गर्दा उपचारमा कमी नआउने उनको दाबी छ ।
यस्तै, वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ । पैसा नलाग्ने नम्बर ११३३ मा फोन गरेर सम्पूर्ण कोरोनाको उपचारको बारेमा जानकारी पाउँने उपनिर्देशक श्रेष्ठले बताए ।
‘यदि कोरोना संक्रमण भएर घरमा होम आइसोलेशन बस्ने ठाउँ छैन भने वीर अस्पतालमा आउँनुस हामी उपचार गछौं,’ उनले भने । पहिलो र दोस्रो लहरमा स्वास्थ्य मन्त्रालयले नै यो नम्बर चलाएको थियो ।
त्यस्तै, स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
उनका अनुसार जनरल वार्डमा २६ जना, आईसीयू १०, एचडीयूमा १० जना संक्रमित उपचाररत रहेका छन् । स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आईसीयू सेवा बन्द गरेको डा. बलमे जानकारी दिएका छन् ।
उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ५ जना स्वास्थ्यकर्मी संक्रमित भएको असपतालका सूचना अधिकृत डा. नवराज गौतमलले जानकारी दिए । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको अस्पतालका फोकल पर्सन डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
सरकारी तयारी के छ त यस्तो अवस्थामा ?
संक्रमित स्वास्थ्यकर्मीहरुको होम आइसोलेशन र अस्पतालमा उपचार भइरहेको छ । प्रायः संक्रमितहरुलाई ज्वरो आउने, शरीर घाँटी दुख्ने, रुघाखोकि लगायतका लक्षणहरु देखिएको छ । यसरी स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुने देखिएको छ ।
अस्पतालमका स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन सरकारले कदम चालिसकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी बताएका छन् ।
डा. अधिकारीका अनुसार सरकारले कोरोना संक्रमित बढेसँगै र अस्पतालमा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको अभाव हुन नदिन रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थप भएको बताए ।
उनका अनुसार करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्ने व्यवस्था गरिएको छ । सरकारले आइतबारबाट कोरोना नियन्त्रणमा खटिएका फन्टनलाइनरलाई बुस्टर डोज दिने निर्णय गरेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ