
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ । पछिल्लो समय कोरोना विरूद्धको खोप लगाउने मानिसको संख्या बढेसँगै काठमाडौंमा केही निजी अस्पतालबाट पनि खोप लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार सरकारी अस्पातालबाहेक ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध हुनेछ।
यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए। सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
यस्तै काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विद्यार्थीलाई उनीहरू पढ्दै आएको स्कुलबाटै खोप लगाइने भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ। खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ ।
सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिनका लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाण पत्र देखाउनुपर्ने नियम लागू गरेपछि खोप लगाउनेको भीड बढेको छ।