
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो
माधव अर्याल
पाल्पा, २५ पुस । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि हटेको छ । तानसेन नगरपालिकाले बतास समूहको स्वार्थअनुसार काम गर्न नदिने अडान लिएपछि सार्वजनिक निजी साझेदारी (सानिसा) मा कम्पनी छनोट भइसकेपछि पनि पछि हटेको हो ।
रानीमहल सञ्चालन तथा व्यवस्थापनका साथै श्रीनगर सौन्दर्यकरणका लागि बतासका तीनवटा कम्पनीले जेभीमा प्रस्ताव पेस गरेका थिए । प्रनि होल्डिङ्स/बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालि/सीटीस्क्वायर प्रालि पोखराको नाममा जेभीबाट प्रस्ताव परेको तानसेन नगरपालिका सार्वजनिक निजी साझेदारी (पीपीपी) का फोकल पर्सन दुर्गा थापाले जानकारी दिए । उनका अनुसार रानीमहल र श्रीनगरडाँडामा दुवैतर्फ यी कम्पनीको प्रस्ताव पेस भएको थियो । ‘प्रस्ताव पनि राम्रो थियो,’ उनले भने, ‘तर कतिपय कुरामा दुवै पक्षको कुरा मिल्न सकेन ।’ नगरपालिकाले पीपीपी मोडलमा श्रीनगर सौन्दर्यकरण, सञ्चालन तथा व्यवस्थापन आयोजना, रानीमहललगायत आठ क्षेत्रका लागि प्रस्ताव आह्वान गरेको थियो ।
बतासबाहेक अन्य पाँच कम्पनीले प्रस्ताव पेस गरेका थिए । रानीमहलमा भने बतास र अर्को एक कम्पनीको प्रस्ताव परेको थियो । रानीमहल क्षेत्र पुरातत्त्व विभागले तानसेन नगरपालिकालाई १० वर्षका लागि जिम्मा दिएको छ । नगर प्रमुख अशोककुमार शाहीका अनुसार रानीमहल क्षेत्रका लागि समय थोरै भएको भनेर बतास समूहले खासै रुचि देखाएन । श्रीनगरडाँडामा पनि कोभिड महामारी र राजनीतिक तरलताका कारण प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्न समूह आएन । ‘हामीले एमओयू गर्न बोलाएका हौं,’ नगर प्रमुख शाहीले भने, ‘पत्र नै काटेका हौं तर राजनीतिक तरलता र कोभिड भन्दै सम्झौता हुन सकेन ।’
स्रोतका अनुसार प्राविधिक रूपमा बतास समूहका कम्पनी दक्ष देखिएका थिए । प्रस्तावको अध्ययन र लगातारको छलफलपछि एमओयूका लागि नगरपालिकाले बोलाएको पनि थियो । नगरपालिकाले तोकेको स्थान र सम्झौताभन्दा बाहिर जान नपाउने सर्तमा कुरा नमिल्दा बतास समूह नै पछि हटेको स्रोतको दाबी छ । ‘रानीमहलमा पनि नगरपालिकाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पुरातत्त्व विभागले तोकेको मापदण्डभन्दा बाहिर जान नमिल्ने भएकाले पछि हटेको हुन सक्छ,’ उनले भने । श्रीनगरमा काम गर्न चाहनेले कम्तीमा २० करोड रुपैयाँको लगानी गर्नुपर्ने नगरपालिकाले प्रस्ताव माग गरेको थियो । उक्त समूहले भने २ अर्बभन्दा बढीको परियोजना प्रस्ताव पेस गर्यो । रेस्टुरेन्टलगायतका संरचना बजारनजिक, डाँडाको खाली भागमा बनाउन बतासले माग गरेपछि नगरपालिकाले जंगल क्षेत्रमा असर पुग्ने गरी संरचना बनाउन नदिने अडान राखेको थियो ।
जंगलभित्र संरचना बनाउन नपाउने र आम्दानी भएको रकमबाट सिधै १० प्रतिशत नगरपालिकालाई तिर्न नसक्ने भन्दै बतास पछि हटेको नगरपालिका स्रोतले जनायो । श्रीनगरमा काम गर्नबाट बतास समूह पछि हटेपछि नगरपालिकाले वेबसाइटमार्फत पुनः प्रस्ताव आह्वान गरेको थियो । अहिले श्रीनगरमा इन्भारोमेन्टल वर्क्स एन्ड सर्भिसेज प्रालि नयाँ बजार काठमाडौं र वाइल्ड वन्डर्स नेपाल प्रालि हात्तीसार काठमाडौंले प्रस्ताव पेस गरेर काम अघि बढेको सानिसा शाखा प्रमुख दुर्गा थापाले बताए । उनका अनुसार प्राविधिक र आर्थिक प्रस्ताव माग गर्न बाँकी रहेको छ ।
रानीमहल सञ्चालन तथा व्यवस्थापनमा पनि बतास समूह पछि हटे पनि प्राइम एक्सेस प्रालि ललितपुरसँग नगरपालिकाले काम अघि बढाएको छ । प्राइमले रानीमहलको संरक्षण, मर्मतसम्भार, सरसफाइ, पिउने पानी व्यवस्था, पर्यटकीय सूचना केन्द्र, पार्किङ, बगर वरपर सौन्दर्यकरण, संग्रहालय, गुरुयोजनाअनुसार काम गर्न ९ करोडभन्दा बढीको प्रस्ताव पेस गरेको छ । तर, बतास समूहले उक्त कार्यका लागि १ करोड ५० लाख रुपैयाँको मात्र प्रस्ताव पेस गरेको थियो । तानसेन नगरपालिकाले २०७६ कात्तिक १ गते पहिलोपटक प्रस्ताव माग गरेको सूचना प्रकाशन गरेको थियो । रानीमहल र श्रीनगरलाई पर्यटकको पहिलो रोजाइ बनाउने नगरपालिकाले योजना बनाएको थियो ।
यसबाहेक बिग बुद्ध, वातारणमैत्री बसपार्क, फोहोरमैला व्यवस्थापन, हाइवे रिफ्रेसमेन्ट निर्माण, कोकलदेवी क्षेत्र व्यवस्थापन, नगर यातायात क्षेत्रमा समेत सार्वजनिक निजी साझेदारीअन्तर्गत सूचना निकालेको थियो । तर बिग बुद्ध, बसपार्क, कोकलदेवी र नगर यातायातमा प्रस्ताव नै परेन । साभार: कान्तिपुर दैनिक
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ