News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने– कुराकानी राम्रो भएको छ

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ ।

वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले ‘राम्रो कुराकानी’ भएको भने पनि के कुराकानी भयो भन्ने बताउन चाहेनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले निवासमै गएर ओलीलाई मनाउन प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।

डनन्यूज ट्रेन्डिङ