News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री देउवा सहभागी हुन लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थागित गरिएको छ । भारतको गुजरातमा हुन लागेको सम्मेलन तत्कालका लागि स्थगित गरिएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै बढेपछि गुजरात सरकारले जनवरी १० देखि गर्न लागेको समिट स्थगित गरेको हो । गुजरात सरकारले अर्को मिति अझै तय नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त समिटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने कि नजाने भन्ने अझै निर्णय भइसकेको छैन ।

भाइब्रेन्ट गुजरात सन् २००३ देखि प्रत्येक दुई दुई वर्षमा हुँदै आएको छ । यसमा विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरुहरु सहभागी हुँदै आएका छन् ।

डनन्यूज ट्रेन्डिङ