
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू सातै प्रदेशका निर्वाचन अधिकृत कार्यालय पुगेर आज उम्मेदवारी दर्ता गर्दैछन्। बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ।
सत्तारूढ गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि १२ राजनीतिक दलले यो निर्वाचनमा भाग लिने भएका छन्।
राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। जसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत पद हो। बाँकी १९ पदमा यही माघ १२ मा निर्वाचन हुँदैछ।
राष्ट्रिय सभाका लागि दलहरूले उम्मेदवारी टुंग्याइसकेका छन्। सत्तारूढ नेपाली कांग्रेसले पनि आफ्नो भागमा परेको छ सिटमा उम्मेदवार तय गरेको छ। कांग्रेसले उम्मेदवार छनौट गर्दा पार्टीको हालै सकिएको १४ औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएकाहरूलाई अवसर दिएको छ।
साथै पहिले सरकारबाट राष्ट्रिय सभाका लागि मनोनीतमा नाम पठाइए पनि राष्ट्रपतिबाट अनुमोदन नभएका दुई नेता उम्मेदवार छन्। काठमाडौंका कृष्णप्रसाद पौडेल र झापाका गोपालकुमार बस्नेतको नाम ०७४ मा तत्कालीन शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पनि छन्। उनलाई कांग्रेसले बागमतीमा उम्मेदवार बनाएको छ भने बस्नेतलाई प्रदेश नम्बर १ बाट उम्मेदवार बनाएको छ। आज उम्मेदवारी दर्ता गर्न आफू हेटौंडा गइरहेको मुख्यसचिव पौडेलले बताए।
‘उम्मेदवारी दर्ता गर्न म केहीबेरमा हेटौंडा पुग्दैछु,’ पौडेलले भने, ‘मेरो नाम ०७४ मा सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको थियो।’ त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गरेको सिफारिस अनुमोदन गरेकी थिइनन्।
चार वर्षअगाडि राष्ट्रिय सभा सदस्य सिफारिसमा परेर पनि हुन नपाएका पौडेल र बस्नेत यसपालि सोही पदका लागि उम्मेदवार बनेका छन्। सभापति शेरबहादुर देउवाले आफूनिकट पौडेल र बस्नेतलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएका हुन्।
कांग्रेसले गण्डकीमा कमला पन्तलाई उम्मेदवार बनाएको छ, उनी हालै शेखर कोइराला पक्षबाट समहामन्त्री उठेर पराजित भएकी थिइन्। साथै प्रदेश नम्बर ७ को सभापतिमा पराजित नारायण मिश्रलाई पनि कांग्रेसले उम्मेदवार बनाएको छ। सुर्खेतकी दुर्गाकुमारी गुरूङ र लुम्बिनीका युवराज शर्मा पनि उम्मेदवार छन्।