
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ।
महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । तर, शर्माले आफू चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएका छन् ।
माओवादीको महासचिवमा नेताहरु वर्षमान पुन, जनार्दन शर्माबाहेक कृष्ण बहादुर महरा, पम्फा भुसाललगायतले पनि दावी गर्दै आएका थिए । महासचिवमा सन्तुलन मिलाउन सकस पर्ने देखिएपछि अध्यक्ष प्रचण्डले यसअघि चर्चामा नआएको नाम देव गुरुङलाई अघि सारेका हुन् ।
प्रचण्डले गुरुङलाई अघि सारेसँगै शर्माले कुनै पनि हालतमा आफू महासचिवको दौडबाट पछि नहट्ने अडान लिएका छन् । उनले आफ्नो नाममा सहमति नहुने हो भने चुनावी प्रक्रियामा जान समेत तयार रहेको बताएका छन् । महासचिवमा अन्तिम समयसम्म सहमति बन्न नसकेको खण्डमा माहोल चुनावतिर जाने अवस्था बनेको एक नेताले बताए ।
आइतबार आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले सोमबार दिउँसो ललितपुरको सानेपामा केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । सो बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यतालिका छ । यस्तै मनोनयन गर्न बाँकी केन्द्रीय कमिटीका सदस्यको सूची पनि प्रस्तुत गरिने बताइएको छ ।
प्रज्ञा भवनमा आइतबार बन्दसत्रका क्रममा प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका थिए भने ६३ जना मनोनयन गर्न बाँकी छ । यस्तै अध्यक्ष र पदाधिकारीको चयन गर्न पनि बाँकी राखिएको थियो ।
माओवादीको पदाधिकारीका अन्य पदमा सन्तुलन मिलाउन खासै समस्या नभएपनि महासचिवमा भने प्रचण्डकै विश्वासपात्रहरुले दावी नछाड्दा सहमति जुटाउन सकस भएको हो । महासचिवमा दावी गर्ने शर्मा र पुन दुबै प्रचण्डका विश्वासपात्र हुन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव