
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
धनगढी । नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दौडधुप बढाएका छन् ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दावी गरेका छन् । बाँकी जिल्लामा आकांक्षी आन्तरिक तयारीमा जुटेका छन् । एमालेको जिल्ला महाधिवेशन २३ पुसमा हुँदैछ ।
कैलाली : कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र डेजी पोण्डे आकांक्षी देखिएका छन् । एमालेको नवाौँ महाधिवेसनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहेका छन् । दुवै जनाले स्वभाविक रुपमा आफूहरुको उम्मेदवारी हुने बताएका छन् ।
थापाले आफू उपाध्य भइसकेकाले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहने बताए । उनले सहमतिमै आफू अध्यक्ष बन्ने दावीसमेत गरे । चन्दले पनि स्वभाविक रुपमा आफू अध्यक्षको दावेदार भएको बताएका छन् ।
‘विद्यार्थीकालदेखि नै एमालेको संगठन निर्माणमा जुटेको र अहिलेसम्म मैले त्याग गरेको छु,’चन्दले भने, ‘त्यसैले पनि म अध्यक्षका लागि दावेदार हुँ, सबैले मलाई सहजरुपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ अर्का आकांक्षी पाण्डेले पनि पार्टी निर्माणका लागि लामो समय काम गरेको भन्दै अब नेतृत्वमा आउन चाहेको बताएका छन् ।
कञ्चनपुर : कञ्चनपुरमा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन्। दुबै जना आन्तरिक तयारीमा रहे पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।
डडेल्धुरा : डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँदसँगै अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल आकांक्षी देखिएका छन् । तर, कुनै पनि नेताले अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।
बैतडी : बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् । दुबै नेताले आन्तरिक तयारी थालेपनि उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
दार्चुला : दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी सहमति भए पुनः अध्यक्ष बन्ने दाउमा छन् । उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।
बाजुरा : बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् ।
बझाङ : बझाङमा भने अहिलेसम्म अध्यक्षमा आकांक्षी खुलिसकेका छैनन् । एमाले जिल्ला सदस्य नवराज भट्टका अनुसार अहिले नेताहरु संगठन विस्तारका लागि स्थानीय तह केन्द्रित भएका कारण आकांक्षी खुलेका छैनन् ।
अछाम : अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैसी पनि अध्यक्षका आकांक्षी छन् ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !