News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

माओवादी स्थायी कमिटी बैठक सकियो, बन्द सत्र पनि सुरु हुँदै

काठमाडौँ । जारी रहेको महाधिवेशनको बन्द सत्र स्थगित गरेर बसिरहेको नेकपा माअ‍ोवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । पार्टीको केन्द्रीय समिति र पदाधिकारी चयन गर्नका लागि सर्बसम्बत गर्ने कि निर्वाचन गराउने भन्ने बारेमा छलफल गर्न बसेको बैठक सकिएपछि बन्दसत्र केहीबेरमा सुरु हुँदैछ ।

एकातिर स्थायी समितिको बैठक बसिरहेकोकाले खाजा समयका लागि बन्द सत्र स्थगित गरिएको थियो । आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् ।

अध्यक्ष मण्डलले पार्टीको स्थायी कमिटीको बैठक सकिएको जानकारी प्राप्त भएको र अबको केहीबेरमा पार्टी अध्यक्ष प्रचण्ड हलभित्र प्रवेश गरेलगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुने जानकारी गराएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहेपछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो । जसअनुसार सोमबार मतदान हुनेछ ।​

डनन्यूज ट्रेन्डिङ