News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

मौसम बदली र हिमपातको सम्भावना कायमै

काठमाडौँ । देशका विभिन्न स्थानमा आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ।

दिउँसो देशभरको मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।

डनन्यूज ट्रेन्डिङ