News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

वर्षाले आन्तरिक उडान प्रभावित : पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण अधिकांश आन्तरिक उडान ठप्प भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।

भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले बताए ।

अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।