News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

१०१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ७८ कोरोना संक्रमितको आईसीयूमा र २३ को भेन्टिलेटरमा गरी कुल १०१ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ५२ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ७ जना आईसीयूमा छन् । कर्णाली प्रदेशमा १ जना आईसीयूमा उपचाररत छन् भने सुदुरपश्चिममा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

डनन्यूज ट्रेन्डिङ