
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको सम्पत्ति छानबिन गर्न माग गर्दै डाक्टर गोविन्द केसीले उजुरी दिएका छन्। आइतबार वृहत नागरिक आन्दोलनका तर्फबाट डाक्टर केसीले सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दिएका हुन्।
उक्त उजुरीमा राणा, उनका पत्नी, भाइ, परिवारका अन्य सदस्य, नातेदार, उनका लागि विचौलियाको काम गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, पूर्वकर्मचारी लगायतको पनि सम्पत्ति छानबिन गर्न उनले माग गरेका छन्।
उनीहरूले आपसी मिलेमतोमा संगठित प्रकृतिको अष्ट गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ ले कसुर मानेका गैरकानूनी वा धुर्त्याईंपूर्वक असूली (र्याकेटरिङ्ग), अष्टाचार तथा घुस, ठगी, आपराधिक लाभ (एक्सटर्सन), मुद्रा, बैकिङ्ग, वित्तिय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र तथा घर, जग्गा र सम्पत्ति सम्बन्धी कसुरमा संलग्न भएर अर्बौंको सम्पत्ति शद्धिकरण गरेको उनीहरूको आरोप छ।
उजुरीमा उदाहरणका लागि राणाले विशेष अदालतको न्यायाधीश हुँदा अवैध रूपमा आर्जन करोडौं सम्पत्ति आर्जेर ठमेलमा घर किनेको उल्लेख छ।
‘करोडौं रूपैयाँ रकम आफ्नी पत्नी रेजी राणा (क्षेत्री) मार्फत २०६५ सालमा का.म.न.पा. ३० ठमेल स्थित कि.नं. १०९ र कि.नं. ११० को बहुमूल्य जग्गा (हालको मूल्य करिव ४० करोड भनिएको) मा लगानी गरेको देखिन्छ। उहाँ स्वयं संलग्न यस्ता दर्जनौं घटना विवरणहरु प्रकाशमा आएका छन्,’ उजुरीमा उल्लेख छ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा न्यायपालिकामा हुन सक्ने विकृति विसंगति विचौलयाको क्रियाकलाप र त्यसको रोकथामका उपायबारे भएको अध्ययन प्रतिवेदनले समेत प्रधानन्यायाधीश र उनले संरक्षण गरेका विचौलियाबारे प्रष्ट पारेको पनि उजुरीमा उल्लेख छ।
डाक्टर केसीले दिएको उजुरीमा उक्त प्रतिवेदनलाई समेत आधार लिइएको छ। उक्त प्रतिवेदनको १२२ को एक अंश उजुरीमा उल्लेख छ।
‘शक्तिको आडमा र जिम्मेवार पदाधिकारीको संरक्षणमा भष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैली देखाएका सम्पत्ति आर्जन गर्ने न्यायाधीशहरूको सम्पत्ति अपारदर्शी भएको र त्यस्ता न्यायाधीशहरुलाई कारबाहीको दायरमा ल्याउन नसकेका कारण विकृति, विसङ्गति र भष्टाचार मौलाएको छ भन्ने आम सरोकारवालाहरुको गुनासो रहेको पाइन्छ,’ उजुरीमा भनिएको छ, ‘भष्टाचारमा संलग्न न्यायाधीशहरूले भ्रष्टाचारका विभिन्न माध्यमहरु अपनाएका छन्। पूर्व अध्ययन प्रतिवेदनहरूले पहिचान गरेका विचौलियाका अलावा पूर्णकालिन विचौलियाहरूको पनि व्यापक प्रभाव रहेको देखिन्छ। शक्ति सम्पन्न प्रभावशाली व्यक्तिहरुको संरक्षणमा विचौलियाहरुले आफ्नो अवाञ्छित गतिविधि सञ्चालन गर्दासमेत यस्ता बिचौलियालाई कानूनको दायरामा ल्याएको देखिँदैन।’
प्रधानन्यायाधीश राणको राजीनामा माग्दै आन्दोलनरत नेपाल बारले राजनीतिक दल, तीनका नेता लगायतलाई राणाको बहिर्गमनका १७ आधार दिएको, मिडियामा उनको बारेमा दर्जनौं कुरा सार्वजनिक भएको पनि उजुरीमा उल्लेख छ। यत्रो लामोसमयसम्म पनि उनीमाथि विभागले कारबाही नथाल्नु गम्भीर कुरा भएको डाक्टर केसीको उजुरीमा भनिएको छ।
‘आमसञ्चारका माध्यमहरूबाट तथ्यपरक सूचनाहरू आउन थालेको निकै लामो अवधि भइसक्दा पनि राणा उच्च पदस्थ व्यक्ति भएको आधारमा उहाँ र उहाँका भ्रष्ट्र गिरोहका व्यक्तिहरूका सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट कुनै जाँचबुझ वा अनुसन्धान भएको नदेखिनु आम नागरिकका लागि गम्भीर चिन्ताको विषय हो,’ उनले भनेका छन्।
उनको उजुरीमा भनिएको छ- ‘अतः राणा, उहाँका भाई, उहाँकी धर्मपत्नी, उहाँको परिवारका अन्य सदस्य एवं नातेदार (दिदी/विहिनी, भिनाज, सालो, छोरा, बहारी, छोरी, ज्वाईं लगायत), विचौलियाको समेत काम गर्ने उहाँ निकटका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, पूर्वकर्मचारी, पेशाकर्मी, व्यापारी तथा अन्य पेशेवर विचौलिया संलग्न भई सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुर गरेको सम्बन्धमा हालसम्म प्रकाशित समाचार तथा अन्य सामग्रीहरूलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाउँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं।’
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान